सुनचाँदीको मूल्यमा समान्य वृद्धि, प्रतितोला कति पुग्यो ?


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ९०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९६ हजार रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ४ हजार ५८० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ५७० रूपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २६५.११ अमेरिकी डलर र चाँदी ६२.२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।