सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट


काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा कायम भएको छ ।

आज ८२ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् ।

सोमबार १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयरहरु ५३ हजार ५२४ पटकमा ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैयाँमा किनबेच भएका छन् । शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

सोमबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ८.४७ प्रतिशतले बढेको छ । त्यस्तै, दरमखोला हाइड्रो ६ प्रतिशतले र फष्ट माइक्रोफाइन्यान्स ४.६१ प्रतिशतले बढेको छ । यता, रिलायबल समृद्धि योजना ९.७० प्रतिशतले घटेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त ८..८७ प्रतिशतले र सप्तकोशी डेभलपमेन्ट बैंक ७.४९ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । हाइड्रोपावरको आज ४६ करोड ३७ लाख ६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको २९ करोड २७ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार हुँदा फष्ट माइक्रोफाइन्यान्सको १२ करोड ४५ लाख ४१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार  १५ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।