नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस: व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित


गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धि लगायतका विषयमा व्यापक छलफल तथा प्रशिक्षण गरिएको थियो ।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह ज्यूको सभापतित्वमा औपचारिक कार्यक्रम पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरीयो र उक्त समारोहलाई सम्बोधन गर्दै अध्यक्षले जीवन बीमा ब्यवसाय दिन प्रति दिन प्रतिष्पर्धात्मक हुँदै गइरहेको हुँदा यसमा हामी सबैले सोही अनुसार आफूलाई तयार गरी ब्यवसाय प्रवर्धन गर्नुपर्ने चुनौति रहेको र यसका लागि आवश्यक तालिम प्रशिक्षण प्रदान गर्न कम्पनी संधै अग्रसर रहेको र यसै सम्बन्धमा अहिले विश्व भर चर्चित रहेको र खास गरी जीवन बीमामा ठूलो योगदान पुर्याउने संभावना रहेको आर्टिफिसियल इण्टिलिजेन्स सम्बन्धमा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरी कम्पनीको डिजिटल मार्केटिङलाई प्रवद्र्धन गर्ने तर्फ प्रयासरत रहनु पर्ने बिचार व्यक्त गरीन् ।

कम्पनीले निरन्तर रुपमा आफ्नो कर्मचारीका लागि मानव संसाधनमा यथासंभव लगानी गरेर उनीहरुको वृत्ति बिकासमा योगदान पुर्याइ रहेको र आउने दिनहरुमा पनि यो कायम रहने जानकारी गराइन् । आगामी दिनमा पनि कर्मचारीहरुको अधिकतम प्रयास र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक उचाई थप बृद्धि हुने विश्वास उनले व्यक्त गरीन् ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार  १६ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।