काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । आज एकैदिन सुनको मूल्य तोलामा ६ हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी तोलामा ११० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४०६.५३ अमेरिकी डलर र चाँदी ६५.५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया