१० तस्बिरमा हेनुस् नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६


काठमाडौँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा एक्स्पोको आज भव्यताका साथ उद्घाटन गरिएको हो ।

एक्स्पोको मंगलबार प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले उद्घाटन गरेका थिए ।

एक्स्पोमा ५५ वटा बढी ब्रान्डको सहभागिता छ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिएका छन् ।

एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादनहरू प्रदर्शनमा राखिएका छन् । एक्स्पो आजदेखि ६ दिनसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार  १३ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।