झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट


काठमाडौँ । बुधबार सेयरबजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । आज नेप्से ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा कायम भएको छ ।

आज १०२ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् ।

बुधबार ३४८ कम्पनीका ८७ लाख १ हजार ९४४ कित्ता सेयरहरु ४३ हजार ९९० पटकमा ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैयाँमा किनबेच भएका छन् । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

बुधबार माउन्ट एभरेष्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, इमर्जिङ नेपाल ५.४८ प्रतिशतले र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनी ४.९५ प्रतिशतले बढेको छ । यता, आइसीएफसी डेभेन्चर १५ प्रतिशतले घटेको छ । त्यस्तै, अपर लोहोरेखोला हाइड्रो १४.९८ प्रतिशतले र महिला लघुवित्त ५.१८ प्रतिशतले घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा एनआरएन इन्फ्राइस्टक्चर शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज ३१ करोड ६० लाख १२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइन्यान्सको २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको सेयर कारोबार हुँदा सोलु हाइड्रोपावरको २२ करोड ६ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार  १५ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।