८ अंकले बढेको बजारमा २ कम्पनीको सेयरमा सकारात्मक सर्किट


काठमाडौँ । बिहीबार सेयरबजार परिसूचक नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा कायम भएको छ ।

बिहीबार सर्वोतम पेन्टस् र माउन्ट एभरेष्ट पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपरखुदी हाइड्रो १३.२ प्रतिशतले र घलेम्दी हाइड्रो ११.९० प्रतिशतले बढेको छ ।

आज १७१ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ भने १९ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् ।
बिहीबार ३४७ कम्पनीका १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयरहरु ४५ हजार ८२२ पटकमा ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँमा किनबेच भएका छन् । बुधबार ३ अर्ब ५३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

आज प्रभु बैंक डेभेन्चर १०.४५ प्रतिशतले घटेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक ५.५८ प्रतिशतले र स्ट्याडर्ड चाटर्ड बैंक डेभेन्चर ५.५६ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । हाइड्रोको आज २९ करोड ९८ लाख १४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्राइस्टक्चरको १६ करोड ६९ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार हुँदा सोलु हाइड्रोपावरको १५ करोड ७० लाख ९१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  १५ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।