काठमाडौँ । गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंकले १२.२४ प्रतिशत नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा बढेर २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ पुगेको हो ।
बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । बैंकको कुुल सञ्चालन आम्दानी ७ अर्ब ४४ करोड ७ लाख रुपैयाँबाट बढेर ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा ३.९६ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ । बैंकको कर्जा नोक्सानी व्यवस्था पनि ५५ करोड ६७ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १७.८९ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १६९.९० पैसा पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा ९३ करोड ६४ लाख रुपैयाँबाट बढेर ९८ करोड २० लाख रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पूँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ छ ।
पूँजीकोष अनुपात १३.२१ पतिशत र प्राथमिक पूँजीकोष अनुपात १०.०४ प्रतिशत छ । बैंकको आधार दर ५.०४ प्रतिशतमा झरेको छ । त्यस्तै स्प्रेड दर ३.७९ प्रतिशतबाट ३.४८ प्रतिशतमा झरेको छ ।
बैंकको निक्षेप १ खर्ब ८४ अर्ब १७ कोड ६० लाख रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब ४९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी पनि १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।






प्रतिक्रिया