हिमालयन बैंकको नाफा १ अर्ब बढी


काठमाडौँ । गत आर्थिक वर्षमा हिमालयन बैंकको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको असार मसान्तसम्ममा बैंकको खुद नाफा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकको खुद नाफा १२ करोड ९७ लाख २६ हजार रुपैयाँ रहेको थियो ।
बैंकको निष्क्रिय कर्जामा सामान्य सुधार आएर ७.९६ प्रतिशत कायम भएको छ । जुन अघिल्लो वर्षमा ७.९७ प्रतिशत थियो ।

बैंकको खुद ब्याज आम्दानीमा भने अघिल्लो वर्षको तुलनामा गिरावट आएको छ । अघिल्लो वर्ष १० अर्ब ४२ करोड ५० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष घटेर ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा पुगेको छ ।

यस्तै बैंकको खुद फि तथा कमिसन आम्दानी पनि घटेर १ अर्ब १६ करोड २१ लाख रुपैयाँ छ ।

बैंकको प्रतिसेयर आम्दानी ६.५६ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ कायम भएको छ ।
बैंकको कुल सम्पत्ति ४ खर्ब १७ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ र ऋण दायित्व ३ खर्ब ३४ अर्ब ६७ करोड ४४ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको जगेडा कोषमा २४ अर्ब ३९ करोड २२ लाख रुपैयाँ रहेको छ ।

यस्तै बैंकको निक्षेप संकलन ३ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँ रहेको छ भने कर्जा लगानी २ खर्ब ३० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।