अन्तिम कारोबार दिन सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि


काठमाडौँ । शुक्रबार सेयरबजार परिसूचक नेप्से ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा कायम भएको छ ।

आज १०१ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् ।

शुक्रबार ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता सेयरहरु ४३ हजार ६० पटकमा ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँमा किनबेच भएका छन् । बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

शुक्रबार माउन्ट एभरेष्ट पावर र सर्वोतम पेन्टस्को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, फष्ट माइक्रो फाइन्यान्स ६.९६ प्रतिशतले र विकास हाइड्रो ६.८६ प्रतिशतले बढेको छ । यता, सुपर खुदी हाइड्रोको सेयर मूल्य १२.८३ प्रतिशतले घटेको छ । त्यस्तै, सिटिजन्स सन्तुलित योजना ८.३३ प्रतिशतले र अपर लोहोरे खोला हाइड्रो ४.७४ प्रतिशतले घटेको छ ।

शुक्रबार कारोबार रकमका आधारमा एग्रीकल्चर बण्ड शीर्ष स्थानमा रहेको छ । बण्डको आज ७० करोड ८७ लाख ९९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, खानीखोला हाइड्रोको १७ करोड ९८ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार हुँदा लिवर्टी इनर्जीको १६ करोड ५६ लाख १८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।