मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र


बाजुरा । मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक निर्माण सुरु भएको २७ वर्ष बितिसक्दासम्म निर्माण पूरा भएको छैन ।

उक्त सडक विंस २०५६ देखि सुरु भएको हो । प्रदेश गौरवका रुपमा रहेको उक्त सडक निर्माण कम्पनीले समयमै काम नगर्दा आयोजना अलपत्र परेका हो । सडक निर्माण एवं स्तरोन्नतिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको छ । काममा ढिलाइ हुँदा विनियोजित बजेट पूर्णरूपमा खर्च हुन नसकी हरेक वर्ष फिर्ता गएको हो । विनियोजन भएको बजेटमध्ये ३३ करोड फिर्ता गएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय, अछामका प्रमुख जङ्गबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ मा मार्तडी–कोल्टी सडकमा २० करोड र खप्तड–जयबागेश्वरी–गैरीखाद–डोगडी–आटीचौर हुँदै मार्तडी जोड्ने सडकमा १३ करोड ५० लाख रकम काम नभई फिर्ता गएको जानकारी दिए।

मार्तडी–कोल्टी सडक निर्माणको जिम्मा बानियाँ निर्माण सेवाले पाएको थियो । “गत वर्ष मात्र होइन, अघिल्ला वर्षमा समेत ठेकेदारको ढिलासुस्तीका कारण बजेट फिर्ता हुन्थ्यो ।”, उनले भने , आर्थिक वर्ष २०८१/८२ मा उक्त सडकका लागि १५ करोड बजेट विनियोजन भएको थियो ।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार  १५ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।