काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । उदयपुरका स्थाई बासिन्दा कार्कीलाई मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत भएका कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक थिए । उनी २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका थिए ।
राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामिण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकोको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको अनुभव उनीसँग छ ।





प्रतिक्रिया