काठमाडौँ । साताको पाँचमध्ये चार कारोबार दिन नेप्से परिसूचक घटेसँगै सेयर बजारमा बियरिस ट्रेण्ड हाबी देखिएको छ । साताभरमा नेप्से २५.११ अंकले घटेर २६१८.७२ विन्दुमा झरेको हो । कारोबार रकममा समेत उल्लेख्य उतारचढाव देखिएको सातामा माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको सेयरमूल्य बढ्दा सगरमाथा जलविद्युत र मनकामना इन्जिनियरिङको सेयरमूल्यमा उच्च गिरावट आएको छ ।
गत साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से ७.३७ अंकले घटेर २६४३.८३ अंकमा पुगेर बजार बन्द भएको थियो । यो साताको ५ कारोबार दिनमा सोमबार, मंगलबार, बुधबार र शुक्रबार नेप्से घटेको थियो भने बिहीबार भने सामान्य सुधार आएको थियो ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से २.०१ अंकले घटेर २६४१.८२ विन्दुमा पुगेको थियो । सोमबार ३५० कम्पनीका १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयरहरू ५६ हजार ८१८ पटक किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार पनि नेप्से १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा कायम भएको थियो । उक्त दिन ३४७ कम्पनीका १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयरहरु ५५ हजार २४६ पटकमा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँमा किनबेच भएका थिए ।
बुधबार नेप्से ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा कायम हुँदा ३४६ कम्पनीका ९५ लाख ८ हजार ८८२ कित्ता सेयरहरु ४२ हजार ७०९ पटकमा ३ अर्ब २९ करोड ८० लाख १९ हजार रुपैयाँमा किनबेच भएका थिए ।
बिहीबार भने नेप्सेमा सामान्य सुधार आएको थियो । बिहीबार नेप्से ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा कायम भएको थियो । उक्त दिन ३४५ कम्पनीका ९५ लाख ७६६ कित्ता सेयरहरु ४७ हजार ९१९ पटकमा ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाँमा किनबेच भएका थिए ।
साताको अन्तिम कारोबार शुक्रबार नेप्से १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा कायम भई यो साताको लागि कारोबार बन्द भएको हो । शुक्रबार ३४४ कम्पनीका १ करोड २२ हजार ७६५ कित्ता सेयरहरु ५९ हजार ८०५ पटकमा ४ अर्ब १६ करोड ७६ लाख १८ हजार रुपैयाँमा किनबेच भएका थिए ।
सातामा कुन कम्पनीको कति सेयर कारोबार भयो ?
यो साता सबैभन्दा बढी कारोबार रिलाइन्स स्पिनिङ मिल्सको भएको छ । सोमबार १ अर्ब ३८ करोड ६३ लाख ३४ हजार रुपैयाँको कारोबार भएको कम्पनीको बुधबार १५ करोड ५५ लाख ३२ हजार रुपैयाँको, बिहीबार ३० करोड ४ लाख ७९ हजार रुपैयाँको र शुक्रबार २६ करोड ३७ लाख ३० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।
त्यस्तै, सोलु हाइड्रोपावरको मंगलबार ३९ करोड १४ लाख ५५ हजार रुपैयाँको, बुधबार १६ करोड ८८ लाख ४७ हजार रुपैयाँको, बिहीबार २२ करोड ९८ लाख ९४ हजार रुपैयाँको र शुक्रबार २४ करोड ५३ लाख ६९ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।





प्रतिक्रिया