सवारी साधनको कुम्भ प्रदर्शनी नाडा अटो शोको तयारी अन्तिम चरणमा, के के छन् आकर्षण ?


सवारी साधनको कुम्भ प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । भदौ ९ देखि १४ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि प्राविधिक तथा कामदारहरूले स्टल निर्माणको काम तिब्र गतिमा गरिरहेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्थापना वर्ष (स्वर्ण जयन्ती) को अवसरमा आयोजना गर्न लागेको यो संस्करण अघिल्ला वर्षहरूभन्दा थप प्रविधिमैत्री र व्यवस्थित बनाउन लागिएको आयोजकको भनाई छ । करिब ३ लाख वर्गफिट क्षेत्रफलमा फैलिएको प्रदर्शनीस्थलमा २०० भन्दा बढी स्टलहरू रहने नाडाले जनाएको छ ।

प्रदर्शनीको तयारी तिब्र, यसरी हुँदैछ काम

भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा अहिले विद्युत, प्रकाश व्यवस्थापन, डिजिटल डिस्प्ले, ब्रान्डिङ र पूर्वाधार निर्माणको काम तिब्र गतिमा भइरहेको छ । प्रर्दशनीमा सहभागि ब्राण्डका स्टलहरुमा कादारहरु स्टल बनाउने काममा व्यस्त छन् ।

भृकुटीमण्डपको मुख्य प्रवेशद्वारमा आकर्षक प्रवेशद्ध्वार तथा ब्रान्डिङ संरचना निर्माण हुँदैछ भने ३ लाख वर्गफिट क्षेत्रमा मुख्य प्रदर्शनी हल, स्टलका ढाँचाहरु तयार पार्ने काम भइरहेको छ ।

ईभी तथा ब्रान्ड स्टल विद्युतीय सवारीका लागि डिजिटल डिस्प्ले, एलइडी लाइट र गाडी राख्ने ¥याम्प तयार भइरहेको छ भने अटो पाट्र्स क्षेत्रमा स्पेयर पाट्र्स, ल्युब्रिकेन्ट्स र टायरका लागि मोडलर ¥याक तथा डिस्प्ले बोर्ड जडानको काम तिब्र गतिमा भइरहेको छ ।

स्वदेशी उत्पादन पभेलियन ‘मेड इन नेपाल’ क्षेत्रमा नेपालमै बनेका सवारी र कम्पोनेन्ट प्रदर्शनका लागि विशेष मञ्चको निर्माण पनि अन्तिम चरणमा पुगेको नाडाले जनाएको छ । सोमबार नै सबै तयारी पुरा गरेर मंगलबार बिहान प्रदर्शनीको उद्घाटन गर्ने नाडाको तयारी छ ।

प्रदर्शनीका मुख्य आकर्षणहरू

यस पटकको प्रदर्शनीमा ५३ ब्रान्डका सवारी साधन सहभागि हुँदैछन् । जसमा २३ ब्राण्डका यात्रुवाहक सवारी, १७ ब्राण्डका हलुका व्यावसायिक सवारी र १३ ब्राण्डका दुईपांग्रे सवारी साधन रहने नाडाले जनाएको छ ।

नाडाका अनुसार अटो कम्पोनेन्ट्स तथा एसेसरिजस् अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स र ग्यारेज उपकरणका लागि ७० वटा छुट्टै स्टलहरू रहनेछन् । वित्तीय तथा बीमा सेवास् सवारी साधन खरिदका लागि बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको पनि सहभागिता हुने बताइएको छ ।

‘मेड इन नेपाल र मेड फर नेपाल’ पभेलियन अन्तरगत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, ईभी, ब्याट्री र हेल्मेटहरूको प्रवर्द्दन गर्ने विशेष क्षेत्र पनि आकर्षणका रुपमा रहनेछ ।

६ दिनसम्म चल्ने प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिने नाडाले जनाएको छ । साथै उपभोक्ताले प्रदर्शनीस्थलमा आकर्षक छुटमा सवारी साधन खरिद गर्ने अवसर पाउने भएकाले नियमित बजारभन्दा प्रदर्शनी सवारी खरिद तथा एक्स्चेञ्जका लागि उचित गन्तव्य हुने नाडाको भनाई छ ।

अटोमोबाइल क्षेत्रको ‘शोकेस’

नाडा अटो शोमा नयाँ सवारीसाधन र प्रविधिको प्रदर्शनसँगै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तरक्रियाको अवसरसमेत उपलब्ध हुने नाडाको भनाई छ । एउटै छानामुनी धेरै ब्राण्ड तथा मोडलका सवारी साधन, वित्तीय सेवा प्रदायक र उपभोक्ताको जमघट हुँदा त्यसको धेरै लाभ उपभोक्ताले पाउने र अन्य क्षिलाई पनि सहज हुने नाडाको विश्वास छ ।

अटो शोले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको पछिल्लो अवस्था, बजारमा आएका नयाँ प्रविधि र भविष्यको गतिशीलताको दिशालाई एउटै थलोबाट बुझ्ने अवसर प्रदान गर्ने नाडाको अपेक्षा छ ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।