गाडिहरुको कुम्भ प्रदर्शनी ‘नाडा अटो शो’ किन अवलोकन गर्ने ? यसो भन्छन् संयोजक


काठमाडौँ । नाडा अटो शोका संयोजक अनुप बरालले अटोमोबाइललाई उद्योगमा लैजानुपर्ने बताएका छन् । ।

१८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहमा उनले नेपालमा उद्योगको सम्भावना रहेको बताउँदै अटोमोबाइललाई उद्योगमा लैजानुपर्ने बताएका हुन् । उनले अटो शोको पहिलो प्राथमिकता रोजगार भएकोले यो अझै विशेष रहेको बताए ।

‘नेपालमा हामीले रोजगारीको व्यवस्था गर्नैपर्ने छ । रोजगारकोलागि पनि हामीले यो अटो शो गरेका हौँ’ उनले भने । बैकिङदेखि अन्य सबै सेवा सुविधा उपलब्ध भएकोले अटो शोको अवलोकन गर्नैपर्ने उनले बताए ।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार  १४ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।