रसुवा बाढी : चितवनमा मात्रै भेटिए १२१ शव, अन्य जिल्लामा कति ?


काठमाडौँ । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म २८९ जनाको शव फेला परेको छ। सुरक्षा निकायका अनुसार सबैभन्दा बढी शव चितवनमा भेटिएका छन्। प्राप्त पछिल्लाे विवरणअनुसार चितवनमा मात्रै १२१ जनाकाे शव फेला परेकाे हाे ।

पछिल्लो तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ जनाको शव फेला परेको हो।बाढीमा बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीले विभिन्न नदी तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेका छन्।

खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।