बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग


झापा । भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाखसहयोग गर्ने भएको छ ।

शनिबार समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिए। समाजले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, राहत र पुनःस्थापनामा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ । समाजका राष्ट्रिय समितिहरू विश्वका ४० भन्दा बढी मुलुकमा सक्रिय छन् ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार  १४ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।