काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद् परिस्थितिप्रति गहिरो संवेदना व्यक्त गर्दै विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरेको हो ।
बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति बैंक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि भइरहेको सरकारी तथा सरोकारवाला निकायहरूको प्रयास सफल होस् भन्ने कामना गर्दछ ।’
सिद्धार्थ बैंकले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवथापनसम्बन्धी कार्यहरूमा सक्रिय सहभागिता जनाएको छ ।





प्रतिक्रिया