काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेस्ट बैंक लिमिटेडले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व र आफ्ना कर्मचारीहरूको तर्फबाट गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको हो।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा २ करोड ५१ लाख रुपैयाँ नगद र बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा नगद सहयोग प्रदान गरेको जनाएको छ ।
यसका अतिरिक्त, एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा बाढी प्रभावितका लागि आवश्यक अत्यावश्यक राहत सामग्रीसमेत संकलन गरी सहयोग गरिएको बैंकले जनाएको छ।विपद्मा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बैंकले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।





प्रतिक्रिया