काठमाडौँ । सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से १५.४४ अंकले बढेर २५३८.११ विन्दुमा कायम भएको छ । आज म्युचल फण्ड र निर्जिवन बिमा समूह बाहेक सबै उपसमूह हरियाली देखिएका छन् ।
बुधबार ३५४ कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता सेयरहरु ३९ हजार ६७३ पटकमा २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँमा किनबेच भएका छन् । मंगलबार २ अर्ब ९० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
बुधबार उपकार लघुवित्तको सेयर मूल्य ११.८७ अंकले बढेको छ । त्यस्तै, माथिल्लो मैलुङ खोला हाइड्रो १०.२३ प्रतिशतले र आत्मनिर्भर लघुवित्त १०.१० प्रतिशतले बढेको छ । यता, एनएमबी इनर्जी ५.८१ प्रतिशतले घटेको छ । त्यस्तै, एभरेष्ट बैंक डेभेन्चर ४.९७ प्रतिशतले र आरबिबि म्युचुअल फण्ड ४.३३ प्रतिशतले घटेको छ ।
बुधबार कारोबार रकमका आधारमा सानिमा मिडिअल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज १४ करोड १७ लाख ५९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्राइस्टक्चरको १२ करोड ६४ लाख ६३ हजार रुपैयाँको सेयर कारोबार हुँदा सोलु हाइड्रोको १२ करोड १४ लाख ६७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।





प्रतिक्रिया