धरानस्थित भाटभटेनी बुधबारदेखि पुनः सञ्चालनमा आउने


धरान । धरानस्थित भाटभटेनी सुपर स्टोर भोलि बुधबार (भदौ २४ गते) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।

पुतली लाइनस्थित भाटभटेनीले बुधबारदेखि नियमित रूपमा सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले जानकारी दिए ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कायम रहेको कम्पनीले जनाएको छ । स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई नियमित रूपमा सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलबार  १३ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।