नेपाली सेयर बजारमा सबैभन्दा महङ्गो सेयरमूल्य रहेको युनिलिभर नेपाल लिमिटेडले हालसम्मकै धेरै लाभांश वितरणको प्रस्ताव गरेको छ । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हालसम्मकै उच्च दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा…