बीमाको सेयर बढेसँगै नेप्सेको वृद्धि टिक्यो, कारोबारमा समेत बढोत्तरी

साताको अन्तिम कारोबार दिन बिहीबार लगानीकर्ताको प्रवेश बीमा क्षेत्रको सेयरमा हुँदा सेयर बजारको वृद्धि टिकेको छ । यससँगै कारोबार रकम समेत बढेको छ । अघिल्लो दिन बुधबारको तुलनामा दैनिक कारोबार रकम २६ करोड १३ लाखले वृद्धि हुँदै १ अर्ब ३४ करोड नाघेको हो । तीब्र उतारचढावपूर्ण रहेको बजारमा नेप्से ९.८७ अंकले बढेर २०६०.२० बिन्दुमा अडिएको…