सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपालमा नै पहिलो पटक मंसिर ६ गतेदेखि बुक बिल्डिङ्ग विधि मार्फत सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले बिक्रीमा ल्याउने सेयर संख्याको ४० प्रतिशत…