नेपाल फाइनान्स लिमिटेडको ४० हजार २४५ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले हकप्रदमा अवितरित भई लिलामी मार्फत बिक्री गरेको संस्थापक तर्फको सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज )नेप्से) सूचीकत भएको हो । उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिने कम्पनीले जनाएको छ । फाइनान्सले प्रभु क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा चुक्ता पुँजीको…