धितोपत्र बोर्डको कमजोरीले घोराही सिमेण्टमा सर्वसाधारणको ४ अर्ब बन्धक

घोराही सिमेण्टको प्राथमिक निष्काशनमा आवेदन दिएका सर्वसाधारणको ४ अर्ब रुपैयाँ अनिश्चितकालका लागि बन्धक भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कमजोर वित्तीय अवस्था भएको कम्पनीलाई प्रिमियममा सेयर निष्काशन अनुमति दिँदा उत्पन्न समस्याले लगानीकर्ताको अर्बौँ रुपैयाँ फसेको हो । बोर्डले निष्काशनको पाचौं दिनमा कैफियत देखिएको भन्दै अनुसन्धान गर्न कम्पनीको सेयर निष्काशन प्रकृया स्थगित गरेको छ…