‘एनएमबि सरल बचत फण्ड–ई’ को थप १० करोड इकाई बिक्री गर्न बोर्डको अनुमति

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले ‘एनएमबि सरल बचत फण्ड–ई’ को थप १० करोड इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले बैशाख १९ गते मंगलबार अनुमति दिएको हो । एनएमबि क्यापिटल अन्तर्गतको एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ‘एनएमबि सरल बचत फन्ड ई’ क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना हो ।…