मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित गराएका छन् । सोमबार काठमाण्डौंमा सम्पन्न दुबै संस्थाको विशेष साधारण सभाले एक आपसमा मर्जर पूरा गर्ने प्रस्ताव पारित गरेका हुन् । दुबै कम्पनीको साधारण सभाले मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम “यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” राख्ने प्रस्ताव पारित गरेका छन्…