स्टक एक्चसेन्ज थप्ने पुरानो प्रक्रिया नटुङग्याई नयाँ अघि बढाएपछि पुन: विवादमा पर्ने संकेत

नेपाल धितोपत्र बोर्ड करिब १४ वर्ष अघि नीजि क्षेत्रको स्टक एक्सचेन्जका लागि लिएको आवेदन अहिले समस्या बन्ने देखिएको छ । बोर्डले पुरानो प्रक्रियालाइ अन्त्य नगरी नयाँ सुरु गरेपछि समस्या पुन बल्झिन सक्ने देखिएको हो । धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन नियमावलीलाई संशोधन गरेर नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया सुरु गर्यो । सोही अनुसार बोर्डले २०७९…