माबिलुङ्गग इनर्जी लिमिटेडले सर्वसाधारणमा १९ करोड बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरका १८ करोड ९० लाख ५४ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५४० कित्ता सेयर जारी गर्ने भएको हो । जसका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको…