लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमासमा ९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ७ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा २८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको खुद बीमा शुल्क संकलन र खुद दाबी भुक्तानी भने घटेको छ ।…