साढे दश महिनापछि कारोबार रकम ५ अर्ब नाघ्यो, लगानीकर्तामा उत्साह

सेयर बजारमा साढे दश महिनापछि कारोबार रकम पाँच अर्ब नाघेको छ । नयाँ सरकार गठनपछि उकालो लाग्न थालेको सेयर बजारमा बुधबार राष्ट्र बैकले चालु पुँजी कर्जामा संसोधन गरेपछि बजारमा थप रौनकता छाएको हो । नजिकिँदो पुस मसान्त र आर्थिक अवस्थामा उल्लेखनीय सुधार नभएकै अवस्थामा लगानीकर्ताको मनोबल भने एकपछि अर्को गर्दै बढेको छ । नयाँ सरकारमा…