सातामा नेप्से ५२ अंकले घट्यो, बजार पुँजीकरणमा ७२ अर्ब क्षति

सेयर बजार यो साता ५२ अंक घटेर १९७० दशमलव ६२ बिन्दुमा झरेको छ । आइतबार २०२२.६२ बिन्दुमा कारोबार खुलेको नेप्से २.५७ प्रतिशत घटेर १९७०.६२ अंकमा झरेको हो । यस साता ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ८.५४ अंक घटेर ३८३.२० अंकमा आइपुगेको छ । साताका कारोबार भएका ६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार घट्यो…