नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले सरकारले अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै दाहालले त्यस्तो नयाँ संस्था आवश्यक नभएको भन्दै सरकारले गलत निर्णय गर्न लागेको आरोप लगाए । हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण…