सिंगटी हाईड्रो इर्नजीको लिलामी शेयर भर्ने अवधि २ दिन बाँकी

सिंगटी हाईड्रो इर्नजी लिमिटेडको सर्बसाधारणतर्फको लिलामी शेयरमा आवेदन दिने अवधि २ दिन मात्रै बाँकी रहेको छ । आवेदन दिने अन्तिम मिति नजिकिएसँगै बोलपत्र आवेदन फारम पाईने र बुझाउँने स्थानमा लगानीकर्ताको भीड लागेको कम्पनीले जनाएको छ । सिंगटी हाईड्रो इर्नजीको सर्वसाधारण तर्फको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन चैत २० गते अर्थात आगामि मंगलबारसम्म रहेको छ…