नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा वार्षिक प्रतिशेयर आम्दानी १०१.७८ रुपैयाँ कायम गरेको छ । अघिल्लो आवको यसै अवधिमा ३०.२७ रुपैयाँ रहेको लघुवित्तको इपिएस ७१.५१ रुपैयाँले बढेको हो । गत आर्थिक वर्ष २०७७/७८ मा लघुवित्तले ३२ करोड ५७ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।…