चालु आर्थिक वर्षको पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसकेका नेप्सेमा सूचीकृत १६ कम्पनीले फागुन महीनाका लागि वार्षिक साधारण सभा बोलाएका छन् । साधारण सभा आह्वान गरेका १६ मध्ये सेयरधनीलाई ५ कम्पनीले मात्र सेयरधनीलाई लाभांश दिएका छन् भने ११ कम्पनीले सेयरधनीलाई निराश बनाएका छन् । कम्पनी ऐन अनुसार कम्पनीहरूले पुस मसान्तसम्म नै साधारण सभा सक्नुपर्ने…