सन नेपाल लाइफले आर्थिक वर्ष २०७९–८० को बोनसदर घोषणा गरेको छ । सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिहजार २५ देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने भएका छन् । कम्पनीको आर्थिक वर्ष २०७९–८० को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको माघ २५ गतेको पत्रमार्फत स्वीकृत भएको हो । सोही अनुसार कम्पनीको मुनाफामा सरिक…