सेयर बजार पाँच कारोबार दिनदेखि ओरालोमै, २ हजार बिन्दुमा झर्यो नेप्से

सेयर बजार पछिल्लो पाँच कारोबार दिनदेखि ओरालो गतिमा रहेको छ । फागुन २ गते बुधबार ५.९१ अंकले घटेर २६७६.५० बिन्दुमा रहकोमा त्यसयता निरन्तर बजारमा गिरावट जारी रहेको हो । यसबीचको पाँच कारोबार दिनमा नेप्से ७०.६५ अंकले घटेको हो । फागुन ३ गते बिहीबार १४.४६ अंक, ६ गते आइतबार २७.२१ अंक, ८ गते मंगलबार १.७६ अंक,…