दशैंको असर शेयर बजारमाः कारोबार सबा १ अर्बमा सीमित, जनरल इन्स्योरेन्समा सर्किट ब्रेक

नेपालीहरुको ठूलो महान चाड बडा दशैं सुरु भएपछि शेयर बजारमा त्यसको असर देखिएको छ । दैनिक २ अर्ब बढीको शेयर कारोबार हुँदै आइरहेको बजारमा साताको पहिलो कारोबार दिन कारोबार रकम सबा १ अर्ब रुपैयाँमा झरेको छ । लगानीकर्ता फेस्टिभ मुडमा लाग्दा बजारमा गरिएको लगानीबाट खर्च जोहो गर्ने क्रम बढेको छ । यसले नाफा आएका स्क्रिप्टहरुमा…