शेयर बजारसँग सम्बन्धित हरेक कार्यालयका २ कर्मचारीलाई पासः धितोपत्र बोर्ड

कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी भए पनि शेयर कारोबार नियमित हुने भएको छ । धितोपत्र बोर्डले शेयर कारोबारमा संलग्न हुने कार्यालयका २ कर्मचारीका दरले आवागमनको व्यवस्था गर्न सम्बन्धित निकायहरुमा अनुरोध गरेपछि सहज हुने भएको हो । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज(नेप्से), सीडीएससी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल, निक्षेप सदस्यका प्रतिकार्यालय २ कर्मचारीका…