झुर ओपनिङ गरेको नेप्सेको उत्साहप्रद क्लोजिङ, वित्तीय विवरणपछि नेपाल बैंकमा आकर्षण

आइतबार बजार खुलेको केहिबेरमा दोहोरो अंकले ओरालो लागेको नेप्से बजार बन्द हुने समयसम्म दोहोरो अंकले उकालो लागेर बन्द भएको छ । दिनभर उतार-चढाव कायम रहेको नेप्से ११.३० अंकले बढेर १३९२.६८ अंकमा उक्लिएको छ । यसदिन १८७ कम्पनीको ९१ करोड १६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । जसमध्ये सबैभन्दा बढी अजोड इन्स्योरेन्सको कारोबार भएको छ…