मौद्रिक नीतिले शेयर लगानीकर्ता उत्साहित, १० मिनेट नपुग्दै शेयरबजारमा सर्किट

नेपाल स्टक एक्सचेज नेप्सेमा आइतबार कारोबार सुरु भएको १० मिनेट नपुग्दै सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएसँगै लगातार बढेको बजार ४.०५ प्रतिशत अर्थात् ५६.४४ अंकले बढेपछि सर्किट लागेको हो । यससँगै अब कारोबार २० मिनेटको लागि स्थगित भएको छ ।