नेप्से सूचक र कारोबार दुवै घट्यो, दुई कम्पनीको शेयर मूल्यमा सर्किट

साताको दोस्रो दिन सोमबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। ठूला कम्पनीहरु समेटिएका बीमा, बैंकिङ्ग र होटलको सूचक १ प्रतिशत बढीले घट्दा सूचकसँगै कारोबारमा पनि दबाब देखिएको हो। सोमबार सुरुवातको १५ मिनेटअघि केही बढेपछि त्यसपछि घटेको नेप्सेमा केही सुधारको संकेत देखा परेपनि अल्पकालीन लगानीकर्ताहरुबाट नाफा बुकिङ्ग कारण बिक्रीचाप बढ्न जाँदा अन्त्यसम्मै सूचकमा घट्न…