छ्याङ्दी हाइड्रोपावरको नाफा ७१.६८ प्रतिशतले बढ्यो

छ्याङ्दी हाइड्रोपावर कम्पनी (CHL) ले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्ममा ७१.६८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ। चालु आवको ९ महिना अर्थात चैत मसान्तसम्ममा कम्पनीले खुद नाफा बढाएर १ करोड २२ लाख ५५ हजार ३२१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको चैतसम्ममा ७१ लाख ३८ हजार ६२८ रुपैयाँ आर्जन गरेकोमा चालु…