साउनको दोस्रो साताबाट शेयर बजारमा प्रवेश गर्ने तयारीमा रहेको नागरिक स्टक डिलर कम्पनीले प्रमुख कार्यकारी अधिकृत खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ। जसका लागि कम्पनीले १५ दिनको म्याद राखेर विहीबार दरखास्त आह्वान गरेको छ । कम्पनीको प्रमुख कार्यकारीका लागि व्यवस्थापन, अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्रमा स्नाकोत्तर तह उर्तिण गरेको वा स्नातक तह उर्तिणसहित चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल…