चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत लाभांश मंसिर ११ गते अर्थात आज हुने साधारण सभाबाट पारित गर्दैछ। कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले गत कार्तिक २७ गतेदेखि शेयर धनी दर्ता किताब बन्द गरेको छ। कार्तिक २६ गतेसम्म…