साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा १६ अंकको सुधार आएको छ। धितोपत्र बोर्डमा नयाँ अध्यक्षको चयन र अर्थमन्त्री डा. युवराज खतिवडाको बर्हिगमन हुने चर्चाको बीच शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको हो। सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले पूँजीबजारको नियामक निकायको प्रमुख नियुक्त गर्ने र आइतबार राष्ट्रिय सभा सदस्यहरुको मनोनयन दर्ता रहेकाले अर्थमन्त्री खतिवडा नदोहोरिने…