सेयर बजार परिसूचक नेप्से वृद्धिले मंगलबार पनि निरन्तरता पाएको छ । यसदिन बजार सूचक १४.८८ अंकले बढेर २११९.६१ बिन्दुमा बन्द भएको हो । यसअघि आइतबार र सोमबार दुबै दिन नेप्से दोहोरो अंकले बढेको थियो । सात दिनको करेक्शनपछिको बजारमा जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ताका आकर्षण कायम रहँदै आएकोमा मंगलबार भने लगानीकर्ताहरु हाइड्रोपावरसँगै पुनर्बीमा, ब्यापार र होटल…