सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै खुद नाफा पनि बढेको छ । सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमाशुल्क संकलन ४.२३ प्रतिशत र खुद नाफा २.७३ प्रतिशतले बढेको हो । वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म कम्पनीले २ अर्ब ५७ करोड २१ लाख खुद बीमाशुल्क र १२ करोड ३६ लाख ५७ हजार…